अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा अदिति

काठमाडौँ । नेपाली फिल्मको साथसाथै भारतका म्युजिक भिडियो, विज्ञापन लगायतमा अभिनयमा सक्रिय अभिनेत्री अदिति बुढाथोकी अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’ मा पनि देखिने भएकी छन् ।
सिरिजमा उनी मुख्य कलाकारको रूपमा देखिन लागेकी हुन् । नितिन गावडेको निर्देशन रहने सिरिजमा उनी १ देखि सिजन ३ सम्म देखिनेछिन् ।
अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको छायाकार विनोद प्रधान हुन् । अदिति अहिले यही वेब सिरिजको सुटिङमा व्यस्त छिन् ।
अदिति अभिनीत पछिल्लो नेपाली फिल्म ‘बाबरी’ केही अगाडि प्रदर्शनमा आएको थियो । उनकै होम प्रोडक्सन बाबरी फिल्मस्ले यो निर्माण गरेको थियो । बाबरी फिल्मस् अहिले नयाँ फिल्म निर्माणमा जुटेको छ ।
फिल्म ‘बाबरी’ निर्माण र प्रदर्शन समय नेपाल रहेकी अदिति धेरै समय मुम्बईमा बस्दै आएकी छन् । बलिउड फिल्म अभिनय लक्ष्य सहित उनी भारतमा सङ्घर्षरत छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीसीएलको पश्चिम नेपालमा डिलर मिट सम्पन्न
-
‘देशभक्त हुनुको सजाय मस्कलाई दिनु हुन्न’ भन्दै ट्रम्पले किने रातो टेस्ला
-
थकाली समुदायले मनाए तोरन्ल पर्व, तस्बिरहरू
-
स्ववियु निर्वाचन : अहिलेसम्म ८० भन्दा बढी क्याम्पसहरूमा निर्विरोध निर्वाचित
-
‘म वार्ता गर्दिन, जे गर्न सक्छस् त्यही गर’ भनेर ट्रम्पलाई कसले दियो धम्की ?
-
एयरटेलपछि अम्बानीको जियो र मस्कको स्पेशएक्सबिच भयो सम्झौता