भाँडामा अण्डाको गन्ध आउँछ, यी पाँच तरिका अपनाए सजिलै हट्छ

अण्डा फिटेको र पकाएको भाँडा माझे पनि त्यसबाट एउटा नराम्रो गन्ध आउँछ । कतिपय अवस्थामा यो हटाउन खोजे पनि सजिलै हट्दैन तर यो गन्ध हटाउन असम्भव भने छैन । केही तरिका अपनाएर भाँडाबाट अण्डाको गन्धलाई केही मिनेटमा नै हटाउन सकिन्छ ।
भिनेगरको मद्दत लिनुहोस्
भाँडाबाट आउने अण्डाको गन्ध हटाउनका लागि तपाईं भिनेगरको मद्दत लिन सक्नुहुन्छ । यसका लागि केही समयका लागि त्यो भाँडोलाई भिनेगर राखेको पानीमा डुबाउनुहोस् । त्यसपछि आधा घण्टापछि सफा पानीले धुनुहोस् । यसो गर्दा अण्डाको गन्ध भाँडोबाट हट्नेछ ।
कागती र नुन प्रयोग गर्नुहोस्
कागतीको जुस र नुन प्रयोग गर्दा पनि भाँडोबाट अण्डाको गन्ध हटाउन सकिन्छ । यसमा भएको सिट्रिक एसिडले यो कामलाई सहज बनाउँछ । यसका लागि तातो पानीमा कागतीको रस र नुन हाल्नुहोस् र यसमा भाँडोलाई केही समयका लागि डुबाउनुहोस् । त्यसपछि राम्रोसँग भाँडा माझ्नुहोस् । यसले गर्दा भाँडो एकदम सफा हुनेछ र अण्डाको गन्ध पनि हट्नेछ ।
बेकिङ सोडाको सहयोग लिनुहोस्
भाँडालाई अण्डाको दुर्गन्धबाट मुक्त गर्नका लागि बेकिङ सोडा पनि काम आउन सक्छ । यसका लागि तपाईंले भाँडोमा दुई चम्चा बेकिङ सोडा र पानी हालेर २० मिनेटका लागि छोडिदिनुहोस् । त्यसपछि भाँडोलाई सफा पानीले धुनुहोस् । यसले भाँडोको दुर्गन्ध हट्नेछ । साथै भाँडो राम्रोसँग सफा पनि हुनेछ ।
चियापत्ती प्रयोग गर्नुहोस्
अण्डाको गन्ध भाँडोबाट हटाउनका लागि चियापत्ती पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि चिया बनाएपछि बाँकी भएको चियापत्तीलाई सफा गरेर त्यो भाँडोमा राख्नुहोस् । यसो गर्दा दुर्गन्ध हट्छ । त्यसपछि यो पत्तीलाई फ्याँकिदिनुहोस् र भाँडोलाई साबुन लगाएर धुनुहोस् ।
तातो पानीले भाँडा माझ्नुहोस्
भाँडोलाई सफा र गन्धरहित बनाउन तपाईंले तातो पानी प्रयोग गर्न सक्नुहुन्छ । तातो पानीमा बराबर मात्रामा भिनेगर र कागतीको रस मिसाउनुहोस् । त्यसपछि यो पानीले भाँडो सफा गर्नुहोस् । यसो गर्दा पनि भाँडोबाट अण्डाको गन्ध गायब हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यानमार भूकम्प : भग्नावशेषमा पुरिएका थप ४ जनाको ६० घण्टापछि उद्धार
-
आजको मौसम : यी दुई प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना
-
इटालियन सिरी’एमा इन्टर र नापोली जित्दा एटलान्टा स्तब्ध
-
आज इस्लाम धर्मावलम्बीले ‘ईद उल फित्र’ अर्थात् ईद पर्व मनाउँदै, देशभर सार्वजनिक विदा
-
जङ्गली हात्तीको आक्रमणबाट झापामा मात्रै ६४ जनाको मृत्यु
-
विदेशी मुद्राको खरिदविक्रीदर : कसको मूल्य कति ?