दरबार हत्याकाण्डको छानबिनमा कुनै आपत्ति छैन : अध्यक्ष लिङ्देन

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष रवीन्द्र मिश्र र प्रवक्ता ज्ञानेन्द्र शाही सुर्खेत आइपुगेका छन्। शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको अभिनन्दन कार्यक्रम पश्चात् राप्रपा नेताहरू सुर्खेत आइपुगेका हुन् ।
आइतबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले दरबार हत्याकाण्डको छानबिन गर्ने विषयमा आफ्नो पार्टीको कुनै आपत्ति नरहेको बताए । उनले आफ्नो पार्टी पनि उक्त घटनाको छानबिन गरेर सत्य तथ्य जनतामाझ पुर्याउनुपर्ने पक्षमा रहेको यसमा पार्टीको सहयोग रहने बताए ।
देशको समसामयिक विषय र आगामी दिनमा सङ्गठनलाई कसरी अगाडि लैजाने भन्ने विषयमा प्रदेश अभियानमा छलफल हुने बताए । सो क्रममा उनले देशको अवस्था सामान्य नभएको भन्दै विदेशी हस्तक्षेप बढेको बताए। सरकारले ल्याएको नीति तथा कार्यक्रमले देशको अर्थतन्त्र सुधार गर्न नसक्ने उनको भनाइ थियो ।
नक्कली शरणार्थी प्रकरण नेपालको इज्जतसँग जोडिएको भन्दै यो विषय राज्यविरुद्धको अपराध भएको बताए । यो प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्नेमा उनले जोड दिए । सडकदेखि सदनसम्म सबै खालको भ्रष्टाचारविरुद्ध आफ्नो पार्टीले सङ्घर्ष गर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु