मेस्सीले तोडे रोनाल्डोको रेकर्ड
आइतबार, १४ जेठ २०८०, ०९ : ४३

पेरिस । लियोनेल मेस्सीले फेरि एक पटक कीर्तिमानी गोल गर्न सफल भएका छन् । शनिबार स्ट्रासबर्गविरुद्ध गोल गर्दै पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीले क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोड्न सफल भएका हुन् ।
खेलको ५९ औँ मिनेटमा किलियान एम्बाप्पेको पासमा मेस्सीले गोल थिए । यो युरोपका शीर्ष ५ लिगमा उनको ४ सय ९६ औँ गोल थियो । योसँगै उनले रोनाल्डोको ४ सय ९५ को रेकर्डलाई पछि पारे ।
खेलमा पीएसजी १–१ को बराबरीमा रोकिएको थियो । बराबरीमा बाबजुद टोलीले रेकर्ड ११ औँ पटक लिग वानको उपाधि पनि उचालेको छ ।
यो सिजन लिगमा मेस्सीले १६ गोल गर्नुका साथै १६ वटा गोलको सिर्जना गरेका छन् । पीएसजीका लागि उनको कूल ३२ औँ गोल थियो । उनले यो सिजनको अन्त्यमा क्लब छाड्ने चर्चा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८० जना सहसचिवको सरुवा गर्ने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकमा कुलमानका विषयमा छलफल भएन
-
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त
-
सडकमा हिँडिरहेको मान्छेलाई मुक्का हानेपछि बेलायती सांसद जेलमा
-
३ करोड लगानीमा बालुवाटारमा खुल्यो मेलुङ थकाली
-
जनार्दन र वर्षमानलाई प्रचण्डको अँगालो, किन रिसाए नारायणकाजी ?