अमेजन प्राइमको ‘म्युजिक वेब सिरिज’मा अदिति

काठमाडौँ । अभिनेत्री अदिति बुढाथोकी दोस्रो फिल्म ‘बाबरी’पछि अहिले भारतमै रहेकी छन् । उनी अहिले म्युजिक भिडियोसँगै वेब सिरिजहरूमा व्यस्त छिन् ।
यस्तैमा म्युजिक वेब सिरिज सिजन १ मा अदिति मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन् । नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेब सिरिज’मा अदितिले सिजन १ देखी सिजन ३ सम्म काम गर्ने भएकी छिन् । अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन् । अदिति अहिले यही वेब सिरिजको सुटिङमा काम गरिरहेकी छिन् ।
यता नेपालमा भने अदितिको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि तीव्र रूपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल्ड चलचित्रको घोषणा गरेकी थिइन् । सो चलचित्रमा मुख्य कलाकारको रूपमा ‘बाबरी’कै कलाकारहरू धिरज र अदिति फाइनल भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेविसंघ इकाई उपसभापति बस्नेतले दिए नेपाल कमर्स क्याम्पसबाट स्वतन्त्र उम्मेदवारी
-
काठमाडौँको गेस्ट हाउसमा जुवातास खेलिरहेका ७ जना पक्राउ
-
विरोधको सूचना दर्ता गर्ने सुवाल प्रतिनिधिसभामा अनुपस्थित
-
'आउटलः दफा २१९’लाई पीजी सर्टिफिकेट, देशभर बुकिङ खुल्यो
-
तोडिएला त आईपीएलको इतिहासमा क्रिस गेलको नामसँग जोडिएका यी तीन गजबका कीर्तिमान ?
-
टिपर अनलोड गर्दा काठमाडौँमा करेन्ट लागेर सहचालकको मृत्यु