प्रचण्डलाई मधेसको एजेन्डा सुझाउन दिल्लीमा सीके राउतको दौडधुप

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतेदेखि हुने तय भएको छ । त्यो भ्रमणमा मधेसको एजेन्डा प्रवेश गराउन जनमत पार्टीका अध्यक्ष डा. सीके राउत दिल्ली पुगेका छन् ।
जनमत पार्टीका एक नेताका अनुसार प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा रहेको बेला विभिन्न योजनाहरूमा सम्झौता हुने भएकाले त्यसमा मधेसको एजेन्डा कसरी राख्ने त्यसको बारेमा छलफल गर्न अध्यक्ष राउत दिल्ली पुगेका हुन् । ‘प्रत्येक भारत भ्रमणमा विभिन्न विकासका आयोजनामा सहमति हुन्छ र त्यसमा हस्ताक्षर हुन्छ तर त्यसमा मधेसलाई खासै समेटिएको हुँदैन,’ ती नेताले रातोपाटीलाई बताए ।
आजै उनले भारतीय जनता पार्टीका विदेश विभागका प्रमुख डा.विजय चौथाईवालालाई भेटेका छन् । राउतले तीन चार दिनसम्म दिल्लीमै रहने र हरेक तहका व्यक्तिलाई भेटेर मधेसको विषयमा प्रधानमन्त्री प्रचण्डलाई दबाब बढाउने बताइएको छ ।
जनमत पार्टीले केन्द्रिय सरकारलाई समर्थन गरे पनि सरकारमा मन्त्री पठाएको छैन । खानेपानी मन्त्रालय पाएको थियो । त्यसबाट पनि राजीनामा दिएर बाहिर बसेको छ ।
मधेस प्रदेश सरकारमा रहेका कृषि मन्त्री वसन्त कुशवाहलाई विना विभागीय मन्त्री बनाएको छ । त्यसमा पनि अध्यक्ष राउतले असन्तुष्टि जनाउँदै आइरहेका छन् । सरकारमा रहने कि नरहने अन्योलको बीचमा जनमत पार्टीका अध्यक्ष राउतको दिल्ली भ्रमण सुरु भएको हो । उनले त्यहाँ सरकारसँग आफ्नो पार्टीको सम्बन्धको बारेमा पनि कुरा राख्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शीर्ष नेताद्वारा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय अवलोकन
-
बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना नियन्त्रणमा
-
किन र कसरी मनाइन्छ नेवाः दिवस ?
-
आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि प्रदेश मन्त्री चौधरीले दिए राजीनामा
-
खोटाङमा दश स्थानीय तहका २० वडा डढेलोको जोखिममा
-
सिराहामा विभेद प्रकरण : गाउँपालिका अध्यक्ष र पूर्व वडाध्यक्ष धरौटीमा रिहा