नेपालबाट ३९ करोडको यार्सागुम्बा निर्यात
शनिबार, १३ जेठ २०८०, १४ : ००

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ६१७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका दर्जन मुलुकमा जान्छ । सबैभन्दा धेरै हङकङमा १८ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ भने कम्बोडियामा १२ करोड २७ लाख रुपैयाँको निर्यात भएको छ ।
भियतनाममा ४ करोड ४३ लाख, अमेरिकामा १ करोड १४ लाख, सिंगापुरमा १ करोड ३१ लाख र मलेसियामा ८० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । यसबाहेक, चीन, फ्रान्स, जर्मनी र इटालीमा समेत यार्सागुम्बा निर्यात हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वुमेन्स एफए कप : म्यान्चेस्टर सिटीलाई हराउँदै म्यानयु लगातारे तेस्रो पटक फाइनलमा
-
आईपीएल : मुम्बईले जितको खडेरी तोड्दा दिल्लीको अपराजित यात्रा भङ्ग
-
इटालियन सिरी’ए : एटलान्टाले घटायो दुरी
-
वीरगन्जमा कर्फ्यू हटयो, चारवटा नाकामा निषेधाज्ञा जारी
-
प्रिमियर लिगको उपाधि सोझै कब्जा गर्ने बाटोमा लिभरपुल
-
एम्बाप्पेले रातो कार्ड खाएको खेलमा रियाल विजयी, बार्सिलोनासँग घटायो अंक दुरी