ग्लोबल कलेजमा जीवन विज्ञान कार्यक्रम (फोटो फिचर)
काठमाडौँ । जीवन विज्ञान, काठमाडौँ जिल्ला परिषद्ले आध्यात्मिक शिक्षा कार्यक्रम गरेको छ । शनिबार काठमाडौँको पुरानो बानेश्वरमा रहेको ग्लोबल कलेजमा सो कार्यक्रम गरिएको हो ।
कार्यक्रममा जीवन विकास विशेषज्ञ रमेश नेपाल र एलपि भानु शर्माले प्रवचन दिएका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह लगायत विभिन्न क्षेत्रमा व्यक्तित्वहरू सहभागी भएका छन् ।
सो अवसरमा जीवन विकास विशेषज्ञ नेपाल र शर्माले जीवनोपयोगी विभिन्न प्रवचन दिएका छन् । शर्माले औपचारिक कार्यक्रममा खादा माला लगाउने, आसन ग्रहणका लागि समय खर्च गर्नुको सट्टा त्यो समयमा अन्य धेरै जीवनोपयोगी काम गर्न सकिने बताए ।
उनले जीवन विज्ञानको कुनै पनि कार्यक्रमहरूमा अतिथिलाई आसन ग्रहण नगराइने जानकारी गराए । शर्माले भने–‘औपचारिकताले देश बन्दैन । हामी १ घण्टा बसेर आसन ग्रहण गराऔँ घरमा खाना पाक्दैन । यो बेकारको प्रत्युत्पादक काम गरेर जीवनमा कहिले पनि समय फाल्नु हुँदैन ।’
उनले धर्ममा भगवानलाई पूजा गर्नुअघि नुहाउनुपर्छ भनेर मानिसलाई सुद्ध बनाउने नियम रहेको बताउँदै मानिसलाई शरीर र मनको मैला सफा पार्न धर्मले सिकाएको बताए ।
उनले भने–‘हेर्नुस् त धर्मको कति पवित्रता थियो । हरेक दिन भगवानलाई पूजा गर भने हाम्रा ऋषिमुनीहरुले ।’ उनले धर्म र धर्म सम्प्रदाय फरक कुरा रहेको बताए । धर्म जीवनको आशा र भरोसाको बिषय रहेको बताए ।
उनले देश धर्म निरपेक्ष हुन नसक्ने उल्लेख गर्दै सम्प्रदाय निरपेक्ष देश हुन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म रिलिज अघि दिपालाई डेंगु
-
प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण
-
कोशीमा पूर्वाधार क्षेत्रमा मात्रै चार अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति !
-
काभा यू–२० पुरुष भलिबल : नेपालको विजयी सुरुवात
-
काठमाडौँ उपत्यकामा झण्डै २७ सय जनामा डेंगु संक्रमण
-
एक लाखभन्दा बढी मेट्रिक टन रासायनिक मल मौज्दात