पाकिस्तानका स्वास्थ्यमन्त्रीले इमरान खानको मानसिक अवस्थामाथि उठाए प्रश्न

इस्लामावाद । पाकिस्तानका स्वास्थ्यमन्त्री अब्दुल कादिर पटेलले शुक्रबार इमरान खानको मानसिक अवस्थाबारे प्रश्न उठेको बताएका छन् । उनले पूर्वप्रधानमन्त्रीको पिसाबको नमूनामा रक्सी र कोकिनको प्रमाण भेटिएको आरोप लगाए ।
उनले पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुख खानको मेडिकल रिपोर्टबारे पत्रकार सम्मेलन गरेका हुन् । ९ मे मा, खान अल-कादिर ट्रस्ट घोटाला मामिलामा पक्राउ परेका थिए जसपछि उनको स्वास्थ्य जाँचको लागि पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्समा नमूनाहरू लिइएको ।
उनका अनुसार पाँच जना वरिष्ठ चिकित्सकको टोलीले खानको मानसिक अवस्थाबारे प्रश्न उठाइरहेको छ । उनले खानको मेडिकल रिपोर्ट आधिकारिक दस्तावेज भएकाले देशलाई देखाइने बताए ।
पाकिस्तानी मिडियाका अनुसार मेडिकल रिपोर्टमा डाक्टरहरूले इमरान खानसँग लामो समयसम्म कुरा गर्दा उनको व्यवहार फिट व्यक्तिको जस्तो थिएन भन्ने लेखिएको छ । पटेलले खानको पिसाबको नमूनाको प्रारम्भिक परीक्षणमा रक्सी र कोकिनको प्रमाण भेटिएको पनि आरोप लगाए । मन्त्रीले खानको खुट्टामा भाँचिएको कुनै लक्षण नभएको भन्दै ‘पाँच–छ महिनासम्म किन प्लास्टर गरिएको ?’ भन्दै प्रश्न गरे ।
यसैबीच इमरान खानको पार्टीले मन्त्रीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरिरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कति पुग्यो अमेरिकी डलर, युरो, पाउण्ड, स्वीस फ्र्याङ्क तथा दिराम, दिनार र रियालको मूल्य ?
-
लुम्बिनीको पर्यटकीय सुधारका लागि दाताले दिएका विद्युतीय सवारीको विजोग, कतिपयको पाङ्ग्रा गायब
-
शिक्षक महासंघसँग सिंहदरबारमा मध्यरातमा वार्ता, सरकार सकारात्मक, ठोस निर्णय हुन बाँकी
-
राजस्थानको विष्फोटक व्याटिङले गुजरातलाई झट्का, सूर्यवंशीले गरे चमत्कार
-
तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन शुरु
-
युरोपियन युनियनका राजदूत लोरेन्जो र ललितपुर महानगरका मेयर चिरिबाबुबीच भेट