विद्युत् प्राधिकरणका कर्मचारीले अपहरण शैली अपनाए : नेता गुप्ता

रौतहट । रौतहटको सदरमुकाम गौर नगरपालिकाको पूर्व मेयर तथा नेकपा एमालेका नेता अजय कुमार गुप्ताले नेपाल विद्युत् प्राधिकरण गौरका कर्मचारीले अपहरण शैली अपनाएको गुनासो गरेका छन् ।
मुख्यमन्त्री सरोज कुमार यादवको प्रमुख आतिथ्तामा गौर स्थित शुक्रबार एक समारोहका बीच गुप्ताले विद्युत् चुहावट नियन्त्रण गर्नु प्राधिकरणको दायित्व भए पनि त्यसमा हस्तक्षेप गर्न नमिल्ने बताए । विद्युत् चुहावट नियन्त्रणको नाउँमा घरका सबै सदस्य सुतेको अवस्थामा ढोका फोडेर कसैलाई अपहरण शैलीमा उठाएर लैजाने काम भइरहेको गुप्ताले बताए।
उनले भने यदि कोही कसैले विद्युत् चुहावट गर्छ भने स्थानीय जनप्रतिनिधिको रोहवरमा त्यसलाई पक्राउ गर्नु गर्नुपर्छ। तर सशस्त्र प्रहरीको आडमा कसैको आफन्त आइरहेको समय घरमा विशेष कार्यक्रम भएको समय मध्य राति उठाएर लैजाने अधिकार कुनै कानुनले दिएको छैन।
यस्ता गतिविधि नियन्त्रण गर्न गुप्ताले कार्यक्रममा सहभागी मुख्यमन्त्री यादव र सिडिओ धर्मेन्द्र कुमार मिश्रको ध्यानाकर्षण गराएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा