गुजरात लगातार दोस्रो पटक आईपीएलको फाइनलमा

अहमदाबद । साविक विजेता गुजरात टाइटन्स लगातार दोस्रो पटक इन्डियन प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । टोलीले क्वालिफायर–२ मा मुम्बई इन्डियन्सलाई ६२ रनले पराजित गरेको हो ।
यस जितका नायक शुभमन गिल (६० बलमा १२९ रन) र मोहित शर्मा (१० रनमा ५ विकेट) थिए । गिलले सिजनको तेस्रो शतक प्रहार गरे । उनी प्लेअफमा शतक बनाउने सबैभन्दा कान्छो ब्याट्सम्यान बने भने गुजरात लगातार दुई सिजन फाइनलमा पुग्ने तेस्रो आईपीएल टोली बनेको छ।
अहमदाबादको पीएम नरेन्द्र मोदी स्टेडियममा शुक्रबार राति भएको खेलमा मुम्बईले टस जितेर फिल्डिङ रोजेको हो । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा २ विकेट गुमाएर २३३ रन बनाएको थियो । जवाफमा मुम्बई १८.२ ओभरमा १७१ रनमा अलआउट भयो।
गुजरातको टोलीले अब मे २८ मा त्यही मैदानमा एमएस धोनीको चेन्नईसँग फाइनल खेल खेल्नेछ, यदि पाण्ड्याले धोनीलाई हराउन सफल भए भने जीटी लगातार दोस्रो उपाधि जित्ने आईपीएल इतिहासमा तेस्रो टोली बन्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा