समाचार
विराटनगरबाट काठमाडौँ उडेको जहाज भैरहवामा अवतरण
शुक्रबार, १२ जेठ २०८०, २१ : २८

भैरहवा । विराटनगरबाट काठमाडौँ उडेको बुद्ध एयरको जहाज भैरहवामा अवतरण हुन पुगेको छ ।
शुक्रबार विराटनगरबाट काठमाडौँ उडेको ७२ सिट क्षमताको उक्त जहाज भैरहवामा अवतरण भएको हो ।
काठमाडौ विमानस्थलमा अत्यधिक वर्षा र एयर ट्राफिकको कारण केहीबेर आकाशमै फन्को मारेर विमान भैरहवा पुगेको विमानस्थल स्रोतले जनाएको छ ।
विमान रिफ्युलिङको लागि भैरहवा पुर्याउनु परेको बताइएको छ । राती ८:०० बजे विराटनगरबाट उडेको विमान ९:२५ मा भैरहवामा अवतरण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने