काठमाडौँ । आयोजक नेपाल काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमामै पराजित भएको छ । कजाकिस्तानले नेपाललाई ३-२ सेटमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।
अब काजकिस्तानले उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्ने भएको छ । काजकिस्तानले नेपाललाई ३०-२८, १६- २५, १५-२५, २५-१८, २५-७ अंकले हरायो ।
जारी प्रतियोगितामा पहिलो पटक ५ सेटमा गएर खेलको हारजित भएको हो । भारत भने शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनल खेलमा उज्वेकिस्तानलाई हराउँदै फाइनलमा पुगेको हो ।
प्रतिक्रिया