कर्णाली प्रदेशसभामा पूर्व राजाबारे कुरा उठेपछि सत्तापक्ष सांसदको आपत्ति
शुक्रबार, १२ जेठ २०८०, १८ : १४

सुर्खेत। कर्णाली प्रदेशसभामा पूर्व राज ज्ञानेन्द्र शाहको सवारीका विषयमा कुरा उठाइएपछि सत्ता पक्षका सांसदहरूले आपत्ति जनाएका छन्।
राप्रपा सांसद सन्तोषी शाहीले भोलि शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहको सवारी सुर्खेतमा हुने विषय संसदमा उठाएपछि सत्ता पक्षका सांसदले आपत्ति जनाएका हुन् ।
नेकपा माओवादी केन्द्रका सांसद विन्दमान विष्ट र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले विरोध जनाएका हुन् ।
कांग्रेस नेता शाहीले भने,'यो रोस्टम भनेको बिना राजतन्त्रको हो, राजतन्त्र फर्केर आएपछि उहाँ बोल्नुहोला । तर, अहिले हुंकार गर्नु चाँहि स्वभनिय हुँदैन ।'
पूर्व राज शाह वीरेन्द्रनगरका हुने अभिनन्दन कार्यक्रममा सहभागी हुन भोलि सुर्खेत आउँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गढवा गाउँपालिकाको नवौँ स्थापना दिवस मनाइयो
-
बागमतीमा राजस्व बढाउन गठित अध्ययन समितिले थाल्यो काम
-
बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
पाकिस्तानमा ‘हाइज्याक’ भएको रेलबाट सयभन्दा धेरै यात्रुको उद्धार
-
इन्डियन प्रिमियर लिग क्रिकेटको सुरुवाती चरणको खेलमा देखिने छैनन् यी चर्चित खेलाडी
-
शान्तिश्रीको ‘नगर मायाले मुख छुच्चो’मा विक्रम र जुनाको अभिनय