महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ
![महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ](https://npcdn.ratopati.com/media/news/design-of-credit-card_39lpcEIglM.jpg)
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकले शुक्रबारदेखि औपचारिक रुपमा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच क्रेडिट कार्ड सेवाको समुद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच सारा नेपाली जनतामा पुर्याउने प्रतिबद्धता समेत व्यक्त गरे ।
क्रेडिट कार्ड प्रयोगकर्ताले पीओएस मेसिन, अनलाइन कारोबार तथा भिजा कार्ड स्वीकार गर्ने एटीएमबाट सजिलै नगद झिक्न सक्नेछन् ।
कार्ड मार्फत नगद झिक्दा, अनलाइन भुक्तानी गर्दा र वस्तु वा सेवाहरू खरिद गर्दा अधिकतम ४५ दिन सम्म व्याज नलाग्ने, क्रेडिट कार्ड सीमा १५ हजार देखि ५ लाखसम्म पाउने तथा नेपाल भारत र भुटानमा सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरू क्रेडिट कार्ड सेवामा उपलब्ध रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु न्याय नेपालका लागि निकै महत्त्वपूर्ण विषय हो : वनमन्त्री
-
अमेरिकामा स्वास्थ्य मन्त्री बने रोबर्ट एफ केनेडी
-
भारतमाथि पारस्परिक कर लगाउने ट्रम्पको घोषणा
-
बालमन्दिरको जग्गा हिनामिना प्रकरण : आयोगले थाल्यो अनुसन्धान
-
कांग्रेसको भ्रातृ संगठन नेपाल प्रजातन्त्र सेनानी संघले महाधिवेशन गर्दै
-
संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छ : कृष्णप्रसाद पौडेल