उद्योग वाणिज्य महासंघले काठमाडौँमा रोजगार मेला आयोजना गर्ने
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौँमा दुई दिने रोजगार मेला आयोजना गर्ने भएको छ । महासंघले यहि जेठ १६ र १७ गते महासंघको सचिवालय, टेकुमा मेलाको आयोजना गर्ने भएको हो । रोजगार मेलाको जेठ १६ गते बिहान १० बजे उद्घाटन गरिने महासंघले जनाएको छ । रोजगार मेला नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सहयोगमा आयोजना हुन लागेको हो । रोजगार मेलामा रोजगार सेवा केन्द्र एवं मेरो जबको प्राविधिक सहायता रहने छ ।
मेलामा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका, महासंघका सदस्य भक्तपुर र ललितपुर उद्योग वाणिज्य सङ्घको सहकार्य रहने छ । कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाइदिन पहल गर्ने, नयाँ अवसरहरूको खोजी गर्न सघाउने, आवश्यक सीप पहिचानसहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उद्देश्यले रोजगार मेला आयोजना गर्न लागिएको आयोजक महासंघले जनाएको छ ।
रोजगार मेलामा एक सयभन्दा बढी कम्पनीहरूको सहभागिता रहने छ भने मेलामा कामको खोजीमा रहेका ५ हजारभन्दा बढी युवाहरूलाई अवलोकन गराउने लक्ष्य आयोजक पक्षले राखेको छ । कार्यक्रममा रोजगारी, सीप एवं जनशक्ति विकास लगायतका विषयमा विभिन्न परामर्श सेसनहरू समेत चलाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी