नयाँ फिल्म निर्माण गर्दै शम्भुजित

काठमाडौँ । लिजेन्ड्री संगीतकार शम्भुजित बास्कोटा नयाँ फिल्म निर्माणको तयारीमा जुटेका छन् । सामाजिक विषयमा उनले फिल्म बनाउन लागेको हुन् ।
फिल्मको लेखन परिच्क्षेद सेन र पुरुषोतम ढुंगेलले मिलेर गरिरहेका छन् । संगीतकार बास्कोटाले आफू नयाँ फिल्म निर्माण जुगिरहेको बताए पनि फिल्मको भने बताएन् । ‘फिलम निर्माण गर्न लागेको हो । त्यसैको आन्तरिक तयारीमा छु । नाम, कलाकार र प्राविधिकपक्ष छिट्टै कार्यक्रमसहित सार्वजनिक गर्छु’ बास्कोटाले भने ।
बुझिए अनुसार फिल्मको नाम समेत विकास बोर्डमा दर्ता भइसकेको छ । फिल्मका लागि केही कलाकार छनौट भएको र केही छनौटको क्रममा छन् । फिल्मको निर्माण नियन्त्रकमा सुवास काफ्ले रहनेछन् ।
बास्कोटाले ५ वर्षअघि ‘चौका दाउ’ निर्माण गरेका थिए । सार्वजनिक प्रदर्शनमा राम्रो व्यवसाय गर्न नसकेको यो फिल्म अहिले युट्युबमा आएको छ ।
८ दिन अगाडि युट्युबमा आएको फिल्म पहिलो दिनदेखि नै लगातार युट्युब ट्रेन्डिङको शीर्ष स्थान (एक नम्बर)मा छ । समाचार तयार गर्दासम्म १४ लाख बढी भ्युज पाएको फिल्मलाई २० हजारले लाइक गरेका छन् ।
पूर्णेन्दु झा निर्देशित यो फिल्ममा सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, रवीन्द्र झा, वर्षा राउत, निर्मल शर्मा लगायतका कलाकारहरूको अभिनय छ । फिल्मले समाजका विकृति विसङ्गति हास्य माध्यमबाट उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप सात जना पक्राउ
-
‘ओल्मोलाई दर्ता गर्न बार्सिलोनासँग पैसा नै छैन’
-
मस्कको आलोचना बढ्दै, टेस्लाको बिक्रीसँगै सेयरमा गिरावट
-
एनआरएनए एकता महाधिवेशनलाई सहयोग पुग्नेगरी सरकारी निर्णय
-
१० बजे १० समाचार : तीनकुने घटनामा प्रहरीको प्रस्टोक्ति, वारपारको आन्दोलनमा शिक्षक
-
स्वास्थ्य सचिव नियुक्ति विवाद : सर्वोच्चले दिएन मिश्रको पक्षमा अन्तरिम आदेश