घुस लिएको आरोपमा पक्राउ परेका वडाध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

जनकपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएका जनकपुरधाम उपमहानगरपालिका–११ का वडा अध्यक्ष अर्जुन कुमार चौधरी र वडा सचिव माधव कुमार रायविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता भोला दाहालका अनुसार जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिएको टोलीले उनीहरुलाई केही दिन अघि नियन्त्रणमा लिएको थियो ।
अध्यक्ष चौधरी र वडा सचिव रायलाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको जानकारी दिँदै प्रवक्ता दाहालले ५० हजार रुपैयाँ नै बिगो कायम गरी मुद्दा दायर गरिएको बताए ।
अनुसन्धानका सिलसिलामा वडा अध्यक्ष चौधरी र वडा सचिव रायको आपसी योजना तथा मिलेमतोमा जग्गा दर्ता नामसारी गर्ने प्रक्रियामा सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग गरी लिएको पुष्टि हुन आएकाले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको आयोगको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा