फोटोफिचर
समयमै मल उपलब्ध गराउन माग गर्दै रत्नपार्कमा प्रदर्शन (तस्बिरहरु)
शुक्रबार, १२ जेठ २०८०, १४ : १९
_yBB17QQqEO.jpg)
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी निकट क्रान्तिकारी किसान संघले सरकारसँग किसानलाई समयमै रासयनिक मल उपलब्ध गराउन माग गर्दै प्रदर्शन गरेको छ । सो संगठनले शुक्रबार राजधानीको रत्नपार्क शान्तिबाटीकामा विरोध प्रदर्शन गरेको हो । संघले बढ्दो भ्रष्ट्राचारका विरुद्ध समेत आवाज उठाएको छ ।
अपरान्ह रत्नपार्कबाट सुरु भएको विरोध र्याली जमल, कमलादी, जुद्ध शालिक हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागीहरु किसानलाई तत्काल रासयनिक मलको व्यवस्था गर, जोत्नेलाई जमिनको व्यवस्था गर, भ्रष्ट्रचारीहरुलाई कारबाही गर लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानर बोकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेस्रो कार्यकालका लागि पनि राष्ट्रपतिमा उम्मेदवारी दिने विचार गरिरहेका छन् ट्रम्प
-
स्वास्थ्य बिमा सेवामा हैरानी छ, सहज बनाउ सरकार !
-
तीनकुनेमा भएको हिंसात्मक घटना रोक्न सरकारको कमजोरी रहेको मोर्चाको निष्कर्ष
-
ट्रम्पलाई ग्रिनल्याण्डका प्रधानमन्त्रीको जवाफ : हामी कसैको अधीनमा छैनौँ
-
काठमाडौँको माकलबारीमा १ लाखको विवादमा युवकको हत्या, ६ जना पक्राउ
-
नेपालगञ्जमा धुमधामले ईद पर्व मनाइयो