अभिनेत्री बिपना थापा नेपालमा
शुक्रबार, १२ जेठ २०८०, १२ : ४१

कुनै बेलाकी सर्वाधिक चर्चित अभिनेत्री बिपना थापा नेपाल आएकी छिन् । उनी हिजो बिहीबार भारतबाट नेपाल आएकी हुन् ।
बिपना शनिवार आयोजना हुने स्पर्श म्युजिक भिडियो अवार्डमा विशेष सम्मान थाप्न नेपाल आएकी हुन् । उनको नेपाल बसाइ छोटो छ । उनी आउँदो मङ्गलवार नै भारत फर्किँदै छिन् । बिपना विवाह गरेर भारतमा परिवारसँगै बस्दै आएकी छिन् ।
बिपनाले १११ वटा फिल्ममा अभिनय गरेकी छिन् । उनी पछिल्लो एक दशकदेखि चलचित्र क्षेत्रबाट टाढा छिन् ।
बिपनाले आफू चाँडै नै नेपाली चलचित्र क्षेत्रमा फर्कने बताएकी छिन् ।