अभिनेता आशिष बिद्यार्थीले गरे दोस्रो बिहे
![अभिनेता आशिष बिद्यार्थीले गरे दोस्रो बिहे](https://npcdn.ratopati.com/media/news/ashish-bidharthi_6ZHgTSK7p6.jpg)
मुम्बई । यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ । बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म आफ्नो खलनायकको भूमिकाबाट फ्यानको मनमा स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन् ।
अभिनेताले भर्खरै कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरे, जसका तस्विरहरू सोशल मिडियामा ट्रेन्डिङ भइरहेका छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरु पनि प्रतिक्रिया नदिएर बस्न सक्दैनन् । यति मात्र होइन, उनी अभिनेतालाई उनको नयाँ इनिङ्सका लागि बधाई दिँदै आएका छन् ।
फ्यानहरुले शेयर गरेका तस्वीरमा आशिष विद्यार्थी र उनकी श्रीमती रुपाली बरुआ परम्परागत सेतो पहिरनमा देख्न सकिन्छ । योसँगै उनको अनुहारमा ठूलो मुस्कान पनि देखिएको छ । यसबाहेक, आफ्नो विवाह गर्ने निर्णयको प्रतिक्रिया दिँदै उनले भने, ‘जीवनको यो चरणमा, रूपालीसँग विवाह गर्न पाउँदा असाधारण अनुभूति भएको छ। हामीले बिहान कोर्ट विवाह गर्यौ र साँझ गेट टुगेदर सकियो।’
आशिष विद्यार्थीले हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम, अङ्ग्रेजी, ओडिया, मराठी र बंगालीलगायत धेरै भाषाका फिल्ममा अभिनय गरेका छन् । जसमा १९४२ः ए लभ स्टोरी, बाजी, जीत, मृत्युदाता, अर्जुन पण्डित, मेजर साब, सोल्जर, हसिना मान जायेगी, जानवर, वास्तवः द रियलिटी, जोरु का गुलाम, रिफ्युजी, जोडी नम्बर १ जस्ता दर्जनौ फिल्महमा अभिनय गरेका छन् । उनको खलनायकको भूमिकालाई निकै रुचाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ प्रतिभा तान्न कम्पनीले दियो निःशुल्क रक्सी र ह्याङओभर बिदाको अफर
-
सकियो ‘सोल्टिनी’को छायाङ्कन
-
अस्ट्रेलियाको ७ सहरमा गुन्जँदै नेपथ्य
-
फिल्म ‘११ः५५’को क्यारेक्टर पोस्टर सार्वजनिक
-
१०.५३ प्रतिशतले बढ्यो प्रभु इन्स्योरेन्सको नाफा
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप खेल्न ग्रिसबाट स्वदेश आइपुगिन् एन्जिला