काभा भलिबल : कीर्गिस्तानले माल्दिभ्सलाई हरायो

काठमाडौँ । राजधानीमा जारी एनएससी काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएशन) महिला भलिबल च्यालेन्ज कपमा कीर्गिस्तानले माल्दिभ्सलाई पराजित गर्दै विजयी भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको खेलमा कीर्गिस्तानले माल्दिभ्सलाई ३–० को साझो सेटले पराजित गर्दै विजयी भएको हो । कीर्गिस्तानले माल्दिभ्सलाई पहिलो सेट २५–२०, दोस्रो सेट २५–२० र तेस्रो तथा अन्तिम सेट २५–१५ ले हरायो ।
उक्त प्रतियोगिताअन्तर्गत नेपालले सेमिफाइनल खेलमा भोलि काजकिस्तानको सामना गर्नेछ । नेपाल र काजकिस्तानबीचको खेल अपराह्न पाँच बजे हुनेछ । त्यस्तै भोलि नै हुने अर्को सेमिफाइन खेलमा उज्वेकिस्तान र भारत आमने सामने हुनेछन् । उक्त खेल दिउँसो २ः३० बजे हुनेछ ।
राखेपको विशेष सहयोग तथा नेपाल भलिबल सङ्घको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खानेपानीको सुविधा भयो, गाउँ छाडेर जान मन लाएको छैन’
-
फेरि एकपटक रश्मिका मन्दना र विजयको प्रेमको चर्चा
-
मानसिक स्वास्थ्य सुधार गर्न अपनाउनुपर्ने ५ बानी
-
पूर्व क्रिकेटरको धोनीमाथि कडा टिप्पणी- उनले दुई सिजन अगाडि नै सन्यास लिनुपर्थ्यो
-
आँटेको पुर्याइदेउ बागलुङ कालिका...
-
ट्रम्पको ‘ट्यारिफ’ घोषणाले विश्व शेयर बजार चौपट, सांघाई र हङकङमा कारोबार ढिला सुरु हुने