रेशमको सजाय माफीका लागि शीतलनिवास पठाइयो २० फाइल

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयमा फाइन पुगेको छ ।
२०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो । त्यसका लागि बुधबार राष्ट्रपति कार्यालयको कानुन शाखामा चौधरीको सजाय माफी सम्बन्धी २० वटा फाइल पुगेको राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरले रातोपाटीलाई बताए ।
उनले भने, ‘रेशम चौधरीजीको माफीको निम्ति राष्ट्रपति कार्यालयमा हिजो अबेर फाइलहरू आएको छ भनेर मलाई कानुनको सहसचिवज्यूले जानकारी गराउनु भएको थियो ।’
चौधरीको माफीका लागि धेरै ठूलो फाइल भएकाले बुधबार राष्ट्रपति पौडेल समक्ष जाहेर भइनसकेको कुँवरले बताए ।
‘पक्रिया पुगेको छ कि छैन त्यसलाई अध्ययन गर्नुस् । प्रक्रिया पुर्याएर सम्माननीय राष्ट्रपतिज्यू कहाँ जाहेर गर्नुस् भनेर भनेको छु,’ कुँवरले रातोपाटीलाई भने ,‘२० वटा फाइल छ रे । हिजो साढे २ बजे फाइल आएकाले आज सार्वजनिक बिदा हुँदा अध्ययन गर्न बाँकी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलन : राष्ट्रिय व्यवसायी महासङ्घद्वारा क्षतिपूर्तिको माग
-
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न रास्वपाले बोलायो सचिवालय बैठक
-
राजावादी प्रदर्शनका क्रममा भएको आक्रमणको एनटीयूसीद्वारा भर्त्सना
-
पक्राउ परेका १०५ जना प्रदर्शनकारीको ‘स्क्रिनिङ’ गर्दै प्रहरी
-
सार्वजनिक सम्पत्तिमाथि भएको लुटपाट र आगजनीको क्षतिपूर्ति माग
-
विद्युत् लाइन काटिएपछि ग्यास प्लान्ट अलपत्र