कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिको निर्वाचन १४ गते
बिहीबार, ११ जेठ २०८०, १५ : ४१

सुर्खेत । कर्णाली प्रदेशसभा संसदीय समितिका सभापतिको निर्वाचन जेठ १४ गते हुने भएको छ ।
बिहीबार बसेको बजेट अधिवेशनको दोस्रो बैठकमा सभामुख नन्दा गुरुङले संसदीय समितिको निर्वाचन १४ गते आइतबार गर्न निर्देशन दिएकी हुन् ।
गुरुङले आइतबार बिहान ११ बजे सम्पन्न गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गर्न सचिवालयलाई निर्देशन दिएकी छन् । प्रदेशसभा गठन भएको तीन महिनाभित्र समिति गठन गरिसक्नुपर्ने भएपनि कर्णालीमा गठन हुन् सकिएको छ ।
यसअघि सम्बन्धित दलहरुबाट नाम पठाउने काम भएपनि सभापतिका लागि निर्वाचन हुन सकिरहेको थिए । कर्णालीमा सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, अर्थ तथा प्राकृतिक स्रोत साधन समिति र प्रदेश मामिला समिति गरी चारवटा समितिहरु रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रविन्द्र मिश्रलाई म्याद थप गर्न अदालत लगिँदै
-
प्रधानन्यायाधीश राउतसहितको भ्रमण दल बेलायत प्रस्थान
-
दोब्बरले बढ्यो लसुन आयात, जान्छ कहाँ ?
-
चीनमा १० हजार मानिसहरुले एकसाथ नाचे
-
सिराहा–उदयपुरका विकट बस्तीलाई जोड्ने कच्ची ‘ट्र्याक’ खुल्यो
-
तीनवटै सरकारका जनप्रतिनिधिको सङ्ख्या घटाउनुपर्छ : जीतजङ्ग बस्नेत