किन रोकियो नेविसंघको केन्द्रीय समिति विस्तार ?

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति विस्तार रोकिएको छ । माउ पार्टी कांग्रेसका नेताहरुले वैशाख अन्तिम साता नेविसंघलाई पूर्णता दिइने तयारी थालेका पनि थिए ।
वैशाख १२ सम्म नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्धवान गुरुङलाई केन्द्रीय सदस्यको सूची संकलन गरेर दिन पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन थियो । शेर्पाले कांग्रेसभित्रका सबै गुटका नेतामार्फत नेविसंघको केन्द्रीय सदस्यको सूची संकलन थाले ।
महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, पूर्व उपभापति विमलेन्द्र निधि, विजय गच्छेदार, पूर्वमहामन्त्रीहरू कृष्ण सिटौला, प्रकाशमान सिंह र शशांक कोइराला समूहबाट केन्द्रीय सदस्य हुनेहरुकाे नाम शेर्पा आइसकेको छ ।
३ सय सदस्यीय नेविसंघको कार्यसमिति बनाउने पार्टी पदाधिकारीको सहमति अनुसार महामन्त्री थापा समूहले १ सय १ जनाको नाम शेर्पालाई बुझाइएको थियो । ३ सय सदस्यीय नेविसंघको कार्यसमितिमा शेखर–गगन समूहले १ सय १ जना सदस्य पाएको थियो । सोही अनुसार महामन्त्री थापाले नाम बुझाए पनि नेता शेखर कोइरालाले विमति जनाएपछि नेविसंघ विस्तार रोकिएको स्रोतले बताएको छ ।
दुईसाता अघिनै संघलाई पूर्णता दिने तयारी अन्तिम चरणमा पुगेपनि कोइरालाले नाम नपठाएपछि अहिलेसम्म केन्द्रीय समितिले पूर्णता पाउन सकेको छैन ।
दुई दिनभित्र नाम पठाउँछु भनेका कोइरालाले दुई हप्ता बितिसक्दा पनि नाम नपठाएपछि नेविसंघलाई पूर्णता दिने काम रोकिएकोमा अध्यक्ष शेर्पाको असन्तुष्टि छ ।
पछिल्लो समय युवा विद्यार्थीहरू वैकल्पिक राजनीतितिर आकर्षित हुन थालेकाले संघलाई पूर्णता दिएर संगठनलाई चलायमान बनाउनुपर्ने अध्यक्ष शेर्पाको जोड छ ।
चैत ९ गते अध्यक्ष नियुक्त शेर्पाको १४ महिनाको कार्यकाल केन्द्रीय समिति नभई चलिरहेको छ । १४ महिनादेखि अध्यक्ष शेर्पाले एक्लै संगठन हाँकिरहेका छन् । स्ववियु निर्वाचनमा नेविसंघ राम्रो परिणाम हात पारेपनि केन्द्रीय समिति नहँदा काम गर्न असहज भएको शेर्पाको गुनासो छ । केन्द्रीय समिति विस्तारमा पटकपटक प्रयासमा पार्टीकै नेता बाधक शेर्पाले बताउने गरेका छन् ।
नेता शेखर समूहबाट नेविसंघको समन्वय गरिरहेका कांग्रेस नेता मनोजमणि आचार्यले पार्टी सभापति देउवाले इच्छाशक्ति नदेखाउँदा कमिटी विस्तारमा विलम्ब भइरहेको बताए । उनले भने, ‘ शेखर कोइराला कारण नेविसंघको कमिटी विस्तार रोकिएको भन्ने कुरा गलत हो । सभापतिले इच्छाशक्ति देखाउनु भयो भने आजै कमिटी विस्तार हुन्छ । शेखर दाइले केन्द्रीय सदस्य हुनेहरुको नाम तयारी अवस्थामा राख्नु भएको छ ।’
कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पनि नेविसंघ विस्तारमा पार्टीका नेताहरु बाधक भएको बताए । ‘भ्रातृ संस्थालाई पूर्णता दिन ढिलो हुनुमा सबै दोषी छन् । सबैलाई भागबण्डा चाहिन्छ । पार्टीका सबै नेतालाई हिस्सा चाहिएको छ । हिस्सा मिलाउँदा मिलाउँदै यस्तो अवस्था आएको हो,’ उनले भने ।
नेविसंघको अध्यक्षलाई कमिटी विस्तारको जिम्मेवारी नदिएर नेताहरुले आफ्ना मान्छे भर्न खोज्दा समस्या भएको उनको भनाइ छ ।
‘नेविसंघको अध्यक्षलाई कमिटीको पूर्णता गर्न दिऊँ भनेर कुनै नेताले भनेको छ ? हामी भए भरका आफ्ना मान्छे भरिदिन्छौं,’ उनी भन्छन्, ‘यसमा पार्टी सभापति मात्र होइन, हामी पनि दोषी छौं । नेविसंघ र तरुण दललाई गठन गर्न नदिएको हामी सबै नेताहरु मिलेर हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै पत्रकार उपाध्यायले दिए प्रशासनमा उजुरी
-
पशुपति आइपुगे नागाबाबाहरू (तस्बिरमा हेर्नुहोस्)
-
लमजुङमा भूकम्पको धक्का
-
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर
-
लुम्बिनी प्रदेश : योजनाविना धमाधम कोल्ड स्टोर निर्माण, सञ्चालनमा छैन ध्यान
-
निर्माण भएका कोल्ड स्टोर बाह्रै महिना चलाउन पहल गर्नेछौँ ः कृषिमन्त्री पन्थी