विप्लव बैठक शिवगढीमा जारी, के होला निर्णय ?
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक कपिलवस्तुको शिवगढीमा बसिरहेको छ । बिहीबारबाट सुरु भएको केन्द्रीय समिति बैठकलाई महत्त्वका साथ हेरिएको छ ।
पार्टी स्थायी समिति बैठक काठमाडौँमा बसेपनि पोलिटब्युरो बैठक कपिलवस्तुमै बसेको थियो । स्थायी समिति र पोलिटब्युरो बैठकपछि बसेको केन्द्रीय समिति बैठक जेठ १४ गतेसम्म चल्ने एक नेताले बताए ।
‘पार्टीको स्थायी समिति र पोलिटब्युरो बैठक सकियो । अब केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ’ ती नेताले भने, ‘कर्णजीत बुढाथोकी नेतृत्वको पार्टी एकता अनमोदनसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्ने भनिएको छ ।’
नेकपा बैठकमा समाजवादी मोर्चा निर्माणका विषयमा महत्त्वपूर्ण निर्णय हुनसक्ने बताइएको छ ।
गत मंगलबार विप्लव फेसबुक लाइभमा आएर अन्तर्क्रिया गरेका थिए । लाइभमा आएका अधिकांशले माओवादी केन्द्रसँग एकता गरेर जान सुझाव दिएका थिए । त्यस विषयलाई आफूले सकारात्मक रूपमा लिएपनि बैठकमा गम्भीर छलफल हुने उनले बताए । पछिल्लो समय विप्लव माओवादी केन्द्रसँग नजिकिएका छन् । माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र विप्लव नियमित सम्पर्कमा छन् । महरासँगको छलफलमा विप्लवले यो व्यवस्थामा तत्काल फर्किन नसक्ने अडान राखेका छन् । माओवादी केन्द्र र नेकपाबीच तत्काल पार्टी एकता हुने अवस्था भने देखिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कञ्चनपुरमा प्रहरी जवानले आफैँलाई गोली हाने, अवस्था गम्भीर
-
सन्दीपको हर्नियाको शल्यक्रिया गरियो
-
मन्त्री यादव र एडीबीका नेपाल प्रतिनिधिबिच छलफल
-
१० बजे १० समाचार : ‘होल्ड’ मा परे वामदेव र पासाङ, रविलाई राहत
-
भोलिदेखि ‘मेक इन नेपाल एक्स्पो’ आयोजना हुँदै
-
दुई दलीय संयन्त्रको बैठक : कांग्रेसको सरकार छाड्ने धम्कीको विषयमा के भयो छलफल ?