कस्ता बङ्गलादेशीलाई अमेरिकाको भिसा पाउन मुस्किल

बङ्गलादेशमा सन् २०२४ मा आम निर्वाचन हुँदै छ । यी चुनावअघि अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले बङ्गलादेशका लागि नयाँ भिसा नीति घोषणा गरेका छन् ।
अमेरिकाले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न अध्यागमन तथा नागरिकता कानुन अन्तर्गत नयाँ भिसा नीति ल्याएको जनाएको छ ।
अमेरिकी विदेश मन्त्रीले भने, ‘कसैले प्रजातान्त्रिक रूपमा सम्पन्न निर्वाचनमा बाधा पुर्याएको पाइए उसको भिसामा प्रतिबन्ध लगाउन सकिन्छ ।’
यसमा बङ्गलादेश सरकार र विपक्षी दलका नेताहरू, कानुनी संस्थाका सदस्यहरू, न्यायपालिका र सुरक्षा सेवाहरू पनि सहभागी हुनेछन् ।
अमेरिकाले यो निर्णय यस महिनाको सुरुमा बङ्गलादेश सरकारलाई अवगत गराएको बताएको छ ।
अमेरिकाले ती कुराबारे पनि बताएको छ, जसलाई चुनावी प्रक्रियामा बाधा मानिने छ । जस्तै, भोटको हेरा फेरी, हिंसाको प्रयोग ।
अमेरिकाले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्नु मतादाता होउन् कि राजनीतिक दल सबैको दायित्व भएको बताएको छ । यस्तै, सरकार, सामाजिक संस्था र मिडियाको पनि यस्तै जिम्मेवारी भएको बताएको छ ।
बङ्गलादेशमा सन् २०२४ को जनवरीमा निर्वाचन हुँदै छ । हाल बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना हुन् र उनी पाँचौँ पटक प्रधानमन्त्री बन्ने उद्देश्यले चुनावी मैदानमा उत्रने छन् ।
शेख हसिनाकै नाममा सबैभन्दा लामो समय प्रधानमन्त्री रहेको कीर्तिमान पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्सेनि करिब १५ प्रतिशतले पुष्प व्यवसाय वृद्धि
-
प्रतिगमनकारी तथा पुनरुत्थानवादीका कुकर्मको नाङ्गेझार पार्न अपिल
-
सेयर बजारमा लगातार छैटौँ दिन गिरावट, कारोबार पनि घट्यो
-
श्रम बजारको व्यवस्थापन गर्न नसक्दा युवा जनशक्ति वैदेशिक श्रम बजारको चपेटामा पर्यो : मन्त्री भण्डारी
-
कर्णाली र मधेस सरकारमा कांग्रेस किन असन्तुष्ट ?
-
२०० करोड माथिको निर्यात गर्ने काबरा ग्रुपको लक्ष्य