माओवादी नेताहरू बेइजिङमा
चीन । चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को निमन्त्रणामा चीन आएका नेकपा माओवादी केन्द्रका नेताहरू राजधानी बेइजिङ पुगेका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा आएको २० सदस्यीय टोली सिचुवान प्रान्तको राजधानी छेन्दु र तिब्बतको ल्हासाको भ्रमण पुरा गरी बुधबार बेइजिङ पुगेका हुन् ।
बेइजिङ पुगेका नेताहरूको टोलीलाई बेइजिङस्थित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले दूतावासमा स्वागत कार्यक्रम आयोजना गरेका छन्। कोभिड महामारीपछि चीन भ्रमण गरेको यो सबैभन्दा ठूलो समूह हो । दूतावासमा आयोजित कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्ती मगर पनि सहभागी भएकी थिइन् । माओवादी नेता एवं मगरका पति वर्षमान पुन चीनमा उपचारार्थ रहेका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी र माओवादी केन्द्रबीच दुई देशका अनुभवलाई आदान प्रदानका गर्ने उद्देश्यका साथ चीन भ्रमणमा आएका टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । ‘यो नितान्त चिनियाँ कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रका बीच अनुभव आदान प्रदानका लागि भ्रमण भएको हो । महामारीका कारण विगत तीन वर्षदेखि भ्रमण हुन सकेको थिएन’ भ्रमणमा सहभागी माओवादी विद्यार्थी संगठनका नेता जीपी मैनालीले बताए ।
नेपाली राजनीतिक टोलीलाई चिनियाँ कम्युनिस्ट पार्टी(सिपीसी) को तिब्बतस्थित पार्टीका सचिव एवं सेक्रेटरी वाङ च्युन चङले उपाध्यक्ष सापकोटाको नेतृत्वको नेपाली टोलीहरूलाई स्वागत गरेको थियो । सो अवसरमा उपाध्यक्ष सापकोटाले नेपाल एक नीति नीतिप्रति दृढ रहेको बताउँदै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्रबीच सम्बन्ध प्रगाढका लागि दुई देश बीचका राजनीतिक भ्रमण भइरहने बताएका थिए ।
बेइजिङमा रहँदा सापकोटाले नेतृत्व गरेको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखलगायतका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सापकोटा नेतृत्वको टोली १४ दिने चीन यात्रामा रहेको छ । टोलीमा माओवादी केन्द्रका सचिवहरू गणेश शाह, हितमान शाक्य, डिलाराम आचार्य, पार्टी निर्वाचन आयोगका प्रमुख कुबेर ओली, नेताहरू केशव नेपाल, परशुराम रम्तेल, जगतप्रसाद यादव, टेकेन्द्र भट्ट सुवोध शेर्पाली, आसमान रोका, मनहरि तिमिल्सिना, लक्ष्मीकन्या बुढा, आङदावा शेर्पा, गीता कँडेल, हर्क नेम्वाङ, सुदर्शन बराल, गणेशप्रसाद (जिपी) मैनाली, र सेसुराम भण्डारी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट