नगरपालिका भवन निर्माणका लागि मेयरद्वारा १ करोडको जग्गा दान
बुधबार, १० जेठ २०८०, १९ : १२

रौतहट । रौतहटको माधवनारायण नगरपालिकाका मेयर बैजनाथ प्रसाद यादवले १ करोड मूल्य बराबरको जग्गा दान गरेका छन् ।
मेयर यादवले नगरपालिका भवन निर्माणका लागि १करोड बराबरको ५कठ्ठा जग्गा दिएका हुन् ।
चुनावी प्रतिबद्धताअनुसार मेयर यादवले आफ्नो नाउँमा दर्ता कायम रहेको उक्त जग्गा माधव नारायण नगरपालिकाकाको नाउँमा बुधवार रजिस्ट्रेसन पारित गरेका छन् ।
मेयर यादवको नाउँमा रहेको माधवनारायण–३ को ५ कठ्ठा जग्गा नगरपालिकाको नाउँमा निःशुल्क दर्ता भएको प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले बताए । गत स्थानीय निर्वाचनमा आफू विजयी भएमा माधवनारायण नगरपालिकाको आफ्नै भवन निर्माण गर्ने मेयर यादवले प्रतिबद्धता जनाएका थिए, जुन पुरा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा
-
सहिद परिवारको घरमा प्रचण्डको बास
-
करोडौँ राजस्व तिरिरहेका ‘फेसबुक’लगायत सामाजिक सञ्जाल किन बन्द गर्न खोज्दै छ सरकार ?