काठमाडौँ । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले असफल प्रयास गरेको छ । बुधबार त्रिपुरेश्वरको कभर्डहलमा भएको समूह चरणको अन्तिम खेलमा नेपालले भारतसँग असफल प्रयास गरेको हो ।
यसअघि लगातार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग पराजित भयो । खेलमा पहिलो दुई सेट पराजित भएपनि तेस्रो सेट नेपालले जितेको थियो । तर, अन्तिम सेटमा समेत पराजित भएपछि ३–१ सेटले नेपाल पराजित भएको हो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनल पुगिसकेको छ ।
प्रतिक्रिया