काभा भलिबल– सेमिफाइन पुगिसकेको नेपाल भारतसँग पराजित
बुधबार, १० जेठ २०८०, १७ : १०
![काभा भलिबल– सेमिफाइन पुगिसकेको नेपाल भारतसँग पराजित](https://npcdn.ratopati.com/media/news/cava-vollyball_aJvV3xCUnc.jpg)
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ । यसअघि लागतार दुई खेल जितेर सेमिफाइनल पुगेको नेपाल भारतसँग भने पराजित भएको हो । आज दिउँसो ३ बजेबाट त्रिपुरेश्वरको कभर्डहलमा भएको खेलमा पहिलो दुई सेट पराजित भएपनि तेस्रो सेट नेपालले जितेको थियो । तर, अन्तिम सेटमा समेत पराजित भएपछि समग्र ३–१ सेटले नेपाल पराजित बनेको हो ।
हालसम्म नेपालले भारलाई हराउन सकेको छैन । सन् २०१९ मा घरेलु मैदानमै सम्पन्न भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा समेत नेपाल भारतसँग पराजित बनेको थियो । प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपाल भारतसँग पराजित भएपनि सेमिफाइनल पुगिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य
-
३०औँ संस्करणको क्यान इन्फोटेक २०२५ सुरु, ६० प्रतिशतसम्म छुट