शङ्कास्पद केहीलाई अनुसन्धानमै नल्याएकोमा नागरिक अगुवाहरूको आपत्ति
_wZsveNNCFk.jpg)
काठमाडौँ । नागरिक अगुवाहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रमाणबाट देखिएको वा देखिन सक्ने व्यक्ति जोसुकै किन नहुन्, तीनलाई न्यायको कठघरामा उभ्याउन सरकारसमक्ष माग गरेका छन् । अनुपराज शर्मा, केदारभक्त माथेमा, बलराम केसी, भोजराज पोखरेल, मोहना अन्सारी र त्रिरत्न मानन्धरले संयुक्त विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही नगरे आम नागरिकको आक्रोशका कारण आउन सक्ने असहज अवस्था र त्यसले ल्याउन सक्ने दुर्घटनाका लागि सरकार स्वयं जिम्मेवार हुने चेतावनी पनि दिएका हुन् ।
विज्ञप्तिमा भनिएको छ,‘भुटानी शरणार्थी प्रकरणको छानबिनमा नेपाल प्रहरीले सुरु गरेको अनुसन्धानले भ्रष्ट जोसुकै भएपनि उम्कन पाउँदैन भन्ने आम आशा पलाएको थियो । कुनै किसिमको दबाब वा मोलाहिजामा नपरी यो प्रकरणका सबै दोषीलाई छानबिन र अभियोजनमा ल्याइनेछन् भन्ने आम माग रहेको हो ।’ तर, यसको अनुसन्धानको क्रममा मुछिएका शङ्कास्पद केहीलाई अनुसन्धानमै नल्याई विगतका अरू भ्रष्टाचार काण्डमा झैँ यसमा पनि दण्डहीनता हाबी हुने गरी मुद्दा दायर हुन लागेको भन्ने कुराले आम नागरिकमा थप आक्रोश बढाएको भन्दै विज्ञप्तिमा गम्भीर आपत्ति जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध