अनुसन्धानरत विषय लिक भएकोबारे गृहमन्त्रीसँग प्रहरी नेतृत्वको छलफल
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानको क्रममा भेटिएका विषय चुहिएको बारेमा उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आईजीपी वसन्त कुँवरसँग छलफल गरेका छन् । भेटमा अधिकांश अतिरिक्त महानिरीक्षक (एआईजी) हरू पनि सहभागी थिए । गृह मन्त्रालयमा आयोजित छलफलमा अनुसन्धानको क्रममा भेटिएको तत्कालीन गृह सचिव टेकनारायण पाण्डे र केशवप्रसाद दुलालको बीचमा भएको ‘च्याट’ बाहिरिएकोबारे छलफल भएको छ । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने धन्दाको मुख्य योजनाकार मध्येका हुन् केशव दुलाल ।
गृह–सचिव पाण्डेसँग दुलालले तत्कालीन उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरसँग भेट्ने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । म्यासेजमा दुलाल र पाण्डेको बिचमा कुँवरलाई आर्थिक ‘सपोर्ट’ गर्ने विषयमा भएको कुरा बाहिरिएको छ । अनुसन्धानको विषय बाहिरिएको बारेमा छानबिन गर्ने निर्णय भएको बैठकमा सहभागी एक जना एआईजीले रातोपाटीलाई बताए । ती एआईजी भन्छन्– ‘गृहमन्त्रीज्यूले त्यसबारे छानबिन गरिने बताउनुभएको छ ।’
अनुसन्धानको क्रममा आएका विषय प्रहरी भित्रको आन्तरिक अस्वस्थ प्रतिस्पर्धाकै कारण बाहिरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मानवअधिकारवादीको रोहबरमा सार्वजनिक हुन तयार छुँ : दुर्गा प्रसाईं
-
मुलुकमा राजनीतिक स्थिरता भएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह
-
‘पुर्ण बहादुरको सारंगी’ बर्षकै धेरै कमाउने फिल्म, थोरै कमाउने ‘शीरफूल’
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश