सरकारको नीति तथा कार्यक्रममा दिगो विकासको लक्ष्यबारे केही आएन : गोकर्ण विष्ट

काठमाडौँ । नेकपा एमालेका सांसद गोकर्ण विष्टले सरकारको नीति तथा कार्यक्रमले दिगो विकासका लक्ष्यका कुराहरूलाई समावेश नगरेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा उनले विगतमा सरकारले कार्यक्रमलाई पनि नसमेटिएको बताए ।
सांसद विष्टले भने– ‘आवधिक योजनाको यो अन्तिम वर्ष हो । १५ औँ योजनाको योजना हो । १५ औँ योजनाको दीर्घकालीन सोच, लक्ष, राष्ट्रिय रणनीति रूपान्तरणको प्रमुख संवाहक, दीर्घकालीन लक्ष्यका परिणामहरूसँग यसको कुनै सङ्गति र साइनो देखिँदैन । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ मा विश्वमा दिगो विकासको लक्ष्य उल्लेख गरेको छ । सहभागिता, समावेशी र अधिकारमुखी विकासको प्रक्रिया मार्फत गरिबी र भोकमरीको अन्त्य गर्ने शिक्षा र रोजगारीमा सबैको पहुँच पुर्याउने केही महत्त्वपूर्ण कुराहरूलाई सन् २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्य घोषणा गरेको छ ।’
सरकारले यसबारे २०७४ सालको नीति तथा कार्यक्रममा समावेश गरे पनि त्यसले निरन्तरता नपाएको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्नेछ : प्रचण्ड
-
आमसञ्चार परिषद् विधेयक प्रतिनिधि सभाबाट सर्वसहमतिले स्वीकृत
-
ऐन संशोधनका लागि गणतान्त्रिक मञ्चद्वारा संसदीय समितिका सभापतिको ध्यानाकर्षण
-
विकृति र विसंगति अन्त्यका लागि आध्यात्मिक जागरण आवश्यक : मुख्यमन्त्री आचार्य
-
मन्त्री र कर्मचारी भ्रमण स्वीकृतिमा केन्द्रित मन्त्रिपरिषद् बैठक
-
भारतीय सेनाका ६ जना पूर्व स्थल सेनाध्यक्ष नेपालमा