सिन्धुली जिल्ला अस्पतालको लापरबाहीले सुत्केरीको ज्यान गयो : सांसद सुशीला थिङ

काठमाडौँ । सांसद सुशीला थिङले सिन्धुली जिल्ला अस्पतालको लापरबाहीका कारण सुत्केरीको निधन भएकोबारे प्रतिनिधि सभामा जानकारी गराएकी छिन् । बुधवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थिङले सिन्धुली जिल्ला अस्पतालमा २६ वर्षीय गंगाकुमारी श्रेष्ठ प्रसुति व्यथापछि पुगेको र अस्पतालका लापरबाहीका कारण ज्यान गुमाउनुपरेको बताइन् ।
सो अस्पतालले बिहान साढे २ बजे महोत्तरीको बर्दिबास ट्रमा सेन्टरका लागि रेफर गरेको र ट्रमा सेन्टर पुग्दा ढिला भएको कारण बिहान ५ बजे सुत्केरीको मृत्यु घोषणा गरिएको जानकारी गराइन् । उनले मृतकका आफन्तले अस्पताल तोडफोड गरेको र प्रहरीसँग झडप भएको जानकारी गराइन् । अस्पतालको लापरबाहीका कारण सुत्केरीको मृत्यु हुनु राम्रो सन्देश नभएको उनले बताउँदै अस्पतालको लापरबाहीका कारण कुनै पनि सुत्केरीले ज्यान गुमाउनु नपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ
-
सामाजिक सद्भाव बिथोल्ने सामग्री सम्प्रेषण नगर्न अनुरोध