साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्याली आयोजना
काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर आगामी जेठ २० गते शनिबार डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्यालीको आयोजना गर्ने भएको छ
बैंकले गतवर्ष पनि वातावरण दिवसका दिन पहिलो बृहत् साइकल र्याली सफलता पूर्वक सम्पन्न गरेको थियो “इन्धन जोगाऔँ, पृथ्वी बचाऔँ” भन्ने मूल नाराका साथ आह्वान गरिएको साइकल र्यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरूको उत्साहजनक सहभागिता रहनेमा बैंक विश्वस्त छ ।
साइकल र्याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंकको बालुवाटार स्थित केन्द्रीय कार्यालयको प्राङ्गणबाट सुरु भई लगभग १० कि.मी.को यात्रापश्चात् सानो गौचरणमा सम्पन्न गरिनेछ । यस साइकल र्याली बाट साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवर्द्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात् गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदूषण नियन्त्रणमा टेवा पुर्याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ ।
यस र्यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरूप बिरुवा प्रदान गरिनेछ । यसै गरी, र्यालीमानाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको बैकले जानकारी दिएको छ ।