युनिक नेपाल लघुवित्तको एफपीओ भाेलिदेखि बिक्री खुला
काठमाडौँ । युनिक नेपाल लघुवित्तको बिहीबारदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) बिक्री खुला हुने भएको छ । यस लघुवित्तले ३ करोड ७९ लाख ४२ हजार ५ सय रुपैयाँ बराबरको एफपीओ जारी गर्न लागेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन हुनेछ ।
युनिक नेपाल लघुवित्तको एफपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा जेठ १६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा जेठ २५ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हमासको आक्रमणपछि बन्धक विपिनको रिहाइका लागि पहलदेखि प्रहरी र सशस्त्रको नयाँ ऐन विधेयक मन्त्रिपरिषदबाट स्वीकृतसम्म
-
प्रधानमन्त्री कप क्रिकेटः विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
-
‘अफ्रिकन स्वाइन फिभर’का कारण ३८ बङ्गुर मरे
-
विश्वका ५२ गन्तव्यमध्ये लुम्बिनी नवौँ स्थानमा
-
पश्चिम नेपालबाट पुनः मौसम बदली सुरु
-
कोटेश्वर बहुमुखी क्याम्पसको प्रमुखमा पोखरेल