काभा भलिबल : समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा
![काभा भलिबल : समूह चरणको अन्तिम खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा](https://npcdn.ratopati.com/media/gallery/cava-vollyball-(17)_WiDwhrgVXD.jpg)
काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।
अहिलेसम्म भारतलाई हराउन नसकेको नेपालले त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेबाट हुने खेलमा समूह विजेताका लागि कडा मेहनत गर्ने तयारीमा छ ।
यसअघि सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए । जुन खेलमा पहिलो दुई सेट जितेको नेपाल त्यसपछि लगातार तीन सेट गुमाएसँगै रजत पदकमा सीमित हुन परेको थियो । अहिले पुनः नेपाल भारतसँग भिड्नका लागि तयारी अवस्थामा रहेको हो ।
समूह ए मा रहेको भारत र नेपाल लगातार दुई जितसँगै सेमिफाइनल प्रवेश गरेका टोली हो । त्यसैले यी दुई टोली तेस्रो जितसहित समूह विजेता बन्ने लक्ष्यमा आज एक आपसमा प्रतिस्पर्धामा देखिने छन् ।
आजै हुने समूह बीको अर्को खेलमा काजकिस्तान र उज्बेकिस्तान पनि समूह विजेताका लागि प्रतिस्पर्धा गर्दैछन । लगातार दुई जितपछि काजकिस्तान र उज्बेकिस्तान पनि सेमिफाइनल प्रवेश गरिसकेका टोली हुन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो
-
संविधान होइन हाम्रो दिमाग संशोधन गरौँ : सुदन किराती
-
हमासद्वारा रिहा गरिएका थप तीन इजरायली बन्धक स्वदेश फिर्ता, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा
-
शम्भुराम श्रेष्ठले उठान गरेका राष्ट्रियता, जाति र भाषा अधिकारको सवाल
-
मौलिक कला संस्कृतिलाई समुदायको आयआर्जनसँग पर्छ : मुख्यमन्त्री आचार्य