आइजीआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ
मङ्गलबार, ०९ जेठ २०८०, २० : ५२
काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन्
। श्रेष्ठको नियुक्तिको लागि कम्पनीको सञ्चालक समितिको वैशाख २७ गतेको बैठकले नियुक्ति सिफारिस गरी स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणबाट जेठ ५ गतेको पत्र मार्फत स्वीकृति प्राप्त भई कम्पनीको ९ गते गते बसेको सञ्चालक समितिको बैठकमा श्रेष्ठलाई कम्पनीका अध्यक्ष हेमराज ढकालले शपथ ग्रहण गराएका थिए ।