महाराजगन्ज नर्सिङ क्याम्पस : स्ववियु कोषको पैसा कसरी पुग्यो क्याम्पस प्रमुखको दराजमा ?
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय हरेक कलेजमा रहेको स्ववियुको लागि भनेर बजेट छुट्याएको हुन्छ । सम्बन्धित कलेजको स्ववियु कोषमा उक्त पैसा पठाउँछन् । त्रिविले पठाएको पैसालाई नै स्ववियुले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका छन् ।
महाराजगञ्ज नर्सिङ क्याम्पसको स्ववियु कोषमा २०७६ सालदेखि पैसा खर्च भएको थिएन । स्ववियु कोष र पाठ्यक्रम विकास कोष गरेर ११ लाख ७४ हजार रुपैयाँ कोषमा थियो । नवनिर्वाचित स्ववियुले उक्त कोषमा भएको पैसाबारे सोधिखोजी गरेको थियो ।
त्यसरी सोधिखोजी गर्दा उक्त पैसा क्याम्पसको प्रकाशन समितिको बैंक खातामा देखिएन । हिमालयन बैंकमा रहेको क्याम्पस प्रकाशन समितिको खाना नम्बर ००२०५६९३६७००१३ बाट व्यक्तिगत खातामा ट्रान्सफर भएको देखियो । उक्त पैसा क्याम्पस प्रमुख प्रा. मुना रानाले व्यक्तिगत रूपमा प्रयोग गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बने ।
यो विषयमा विद्यार्थीहरूले अख्तियारमा जानकारी गराएका थिए । अख्तियारले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) लाई पत्राचार गरेर छानबिन गर्न भनेको थियो ।
डीनको कार्यालयबाट गठन गरिएको छानबिन समितिलाई क्याम्पस प्रमुखले ‘पैसा दराजको घर्रामा रहेको र त्यो घर्राबाट कोषमा पैसा जम्मा गरिसकियो’ भन्ने बयान दिइन् । त्यसपछि डीनको कार्यालयले कुनै प्रकारको कारबाही प्रक्रिया अगाडि बढाएन ।
डीनको कार्यालयले थप कारबाही प्रक्रिया अगाडि नबढाएर घटना ढाकछोप गर्ने काम गरेको स्ववियु सभापति नोविना बस्नेतले बताइन् । डीन कार्यालयले क्याम्पस प्रमुखमाथि कारबाही गर्नुको साटो प्रश्रय दिने काम गरेको उनको भनाई छ । कारबाहीमा गर्नुपर्ने क्याम्पस प्रमुखलाई गल्ती ढाकछोप गर्ने काम गरेको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन् ।
क्याम्पस प्रमुखले विश्वविद्यालयको सम्पत्ति व्यक्तिगत खातामा सारेर सो को दुरुपयोग गरेकोले कारबाही गर्न विद्यार्थीहरूले माग गर्दै आएका छन् ।
२०७३ सालमा स्ववियु थियो । उसको कार्यकाल दुई वर्षमा सकियो । त्यसपछि २०७६ सालदेखिको पैसा खर्च नभएर कोषमा जम्मा भएर बसेको थियो । उक्त पैसा क्याम्पस प्रमुख र विद्यार्थी कल्याण प्रमुख मिलेर व्यक्तिगत प्रयोजनको लागि प्रयोग गरेको देखिएको सभापति बस्नेतले बताइन् ।
‘स्ववियु नभएको बेला पैसा झिकेर उनीहरूले दुरुपयोग गरेको देखिन्छ । नयाँ स्ववियु आएपछि पैसाबारे सोधिखोजी गरियो । तर, कोषमा पैसा त जिरो देखियो,’ उनले भनिन् ।
यो विषयमा छानबिन गर्न माग गर्दै अनेरास्ववियुले अख्तियारमा उजुरी दिएको छ । अनेरास्ववियु अध्यक्ष समिक कुमार बडालल व्यक्तिगत स्वार्थको लागि सार्वजनिक सम्पत्तिमाथिको दुरुपयोग तथा हिनामिना गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गर्दै उजुरी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म