बाघको आक्रमणबाट बारामा एक महिला घाइते
मङ्गलबार, ०९ जेठ २०८०, १९ : ०९

काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १४ स्थित खयरघारीमा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन् । मंगलबार बाघले आक्रमण गर्दा घाइते हुनेमा स्थानीय ३५ वर्षीय प्रमिला थिङ रहेकी छन् ।
बाघको आक्रमणबाट उनको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले बताएको छ । प्रमिलाको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङले प्रमिलाको अवस्था खतरामुक्त रहेको जनाएकी छन् ।
स्थानीय कपिल खरेलका अनुसार प्रमिलालाई घर नजिकैको जंगलमा बाघले आक्रमण गरेको हो । तर डिभिजन वन कार्यालय बाराले प्रमिलालाई आक्रमण गर्ने बाघभन्दा पनि ठूलो प्रजातिको चितुवा भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर
-
केएल राहुलले तोडे डेभिड वार्नरको कीर्तिमान
-
कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने
-
प्ले–अफ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा मुम्बई र हैदराबाद
-
प्रमुख दलका सचेतकलाई सभामुखले बोलाए छलफलमा
-
पुर्जा बाँड्ने भन्दै कैयौँ आयोग बने, अवस्था उस्तै