टीभीएस विक्रेता युनिराइड बन्यो ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इयर २०२३’

काठमाडौं । टीभीएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सको बिक्रेता युनिराइड अटो महालक्ष्मी स्थानले ‘स्पेयर पार्ट्स च्याम्पियन अफ द इअर २०२३’ अवार्ड जितेको छ । जगदम्बा मोटर्सद्वारा आयोजित डिलर मिटकोे अवसरमा युनिराइडलाई उक्त अवार्ड प्रदान गरिएको हो ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता र टीभीएसका कन्ट्री म्यानेजर हर्ष टण्डनले युनिराइडका प्रबन्ध निर्देशक निर्मल सिग्देललाई अवार्ड प्रदान गरेका हुन् ।
उत्कृष्ट नतिजासहित वर्षेनी टीभीएसको अवार्ड जित्न सफल हुँदा गौरव महसुस भएको सिग्देलले बताए । युनिराइडले गत वर्षहरुमा पनि अवार्डहरु जित्दै आएको थियो । ‘ह्याट्रिक गर्दै वर्षेनी अवार्ड प्राप्त हुँदा थप जिम्मेवारी बोध भएको छ,’ सिग्देलले भने, ‘यो अवसरका लागि जगदम्बा मोटर्स र युनिराइड टिमप्रति आभारी छु ।’
सोल्टी होटलमा आयोजित कार्यक्रममा जगदम्बा मोटर्सले डिलरहरुलाई अवार्ड वितरण गरेको हो । सो अवसरमा अन्य विधामा समेत डिलरहरु पुरस्कृत भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागीका घटना : लाखौँको धनमाल जलेर नष्ट
-
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
कृषिका प्रविधिहरू किसानसँग जोड्नुपर्नेमा जोड
-
वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता
-
वीरगन्जमा कर्फ्यु लम्बियो
-
नयाँ वर्षको रौनक : सौराहामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो