बिचौलियाका कारण सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने गरेको छ : काफ्ले
मकवानपुर । बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक कुन्दनराज काफ्लेले सरकारले संघीयता, लोकतन्त्रको पक्षमा काम गर्नसक्नु पर्ने बताएका छन् । प्रदेशसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै सचेतक काफ्लेले प्रदेश सरकारले नागरिकको पक्षमा काम गर्नसक्नु पर्ने धारणा व्यक्त गरेका हुन् ।
उनले कांग्रेसको नेतृत्वको सरकारले जारी गरेको संविद्यानलाई कार्यान्वयन र संघीयता संस्थागत गर्न प्रदेश सरकारले भूमिका खेल्नु पर्ने बताए । ‘प्रदेश सरकारले नागरिक, लोकतन्त्र र संघीयताको पक्षमा काम गर्नुपर्छ । संविधान कार्यान्वयन गर्दै संघीयता संस्थागत गर्न सरकारले भूमिका खेल्नुपर्छ,’ उनले भने, ‘संविधान अपरिवर्तनीय छैन । नागरिकहरू माझ सेवा सुविधा पुर्याउने विषयमा आवश्यकताका आधारमा संविधान संशोधन गरेर अघि बढ्नुपर्छ ।’
उनले सरकारले नागरिकहरूको आर्थिक विकासमा सघाउ पुर्याउने प्रकृतिका योजनाहरू कार्यान्वयन गर्न प्रदेश सरकारले काम गर्नुपर्ने बताए । सरकारी संयन्त्रका विभिन्न ठाउँमा सक्रिय रहेका बिचौलियाका कारण सरकारको नीति तथा कार्यक्रम नै प्रभावित हुने गरेको उनले दाबी गरे । ती बिचौलियाहरूलाई कारबाहीको दायरामा ल्याउन सरकारले कडा भन्दा कडा ऐन कानुन निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ववियु निर्वाचनबारे त्रिविले गर्यो विद्यार्थी संगठनहरूसँग छलफल
-
शुक्रबारदेखि यूएसएडका कर्मचारीलाई बिदामा राखिने
-
सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई भूमि आयोगले दियो ‘थमौती’
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ