वर्षकै उच्च अंकले विदेशी लगानी भित्रियो– चैतमा ७ अर्ब ५५ करोड

काठमाडौँ । चालु आर्थिक वर्ष भरीकै उच्च विदेशी लगानी (एफडीआई) चैतमा भित्रिएको छ । भन्सार विभागका अनुसार चैत मसान्तसम्म कूल ७ अर्ब ५५ करोड १० लाख ८० हजार रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको हो । खासगरी होटेल तथा पर्यटन, ऊर्जा र निर्माण क्षेत्रमा बढी विदेशी लगानी भित्रिएको विभागले जनाएको छ ।
यस्तो लगानी अघिल्लो वर्ष २०७८/७९ को चैतमा जम्मा १ अर्ब ८० करोड २० लाख रुपैयाँ बराबरको मात्र विदेशी लगानी भित्रिएको थियो । यद्यपि, सोही वर्षको असोज महिनामा ११ अर्ब ९६ करोड ५० लाख रुपैयाँ बराबरको विदेशी लगानी भित्रिएको थियो ।
आर्थिक वर्ष २०७८/७९ को असोजपछि पहिलो पटक साढे ७ अर्बमाथिको विदेशी लगानी भित्रिएको हो । गत आर्थिक वर्षको भदौमा ६ अर्ब ३२ करोड २० लाख २० हजार रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।
विदेशी लगानीमा सुधार आएसँगै मुलुकमा बिस्तारै लगानीको वातावरण बन्दै गएको नेपाल बैंकर्स संघ (एनबीए)ले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई घाइते
-
इरानले सिरियाली नेता असदलाई बचाउन विमान पठाएको नेतान्याहूको दाबी
-
प्रतिनिधिसभा बैठक बस्दै, के–के छन् सम्भावित कार्यसूची ?
-
दक्षिण क्यारोलिनामा गोलाबारी : एकको मृत्यु, ११ जना घाइते
-
आरोहीको भीडले गुलजार छ सगरमाथा आधारशिविर
-
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय