मधेस सरकारबाट बाहिरिने माओवादीको चेतावनी

काठमाडौँ । मधेस प्रदेश सरकारबाट माओवादी केन्द्रले बाहिरिने चेतावनी दिएको छ । मधेस सरकारको नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एकलौटी गरेको भन्दै माओवादी केन्द्र असन्तुष्ट बनेको हो । माओवादीबाट मन्त्री रहेकी सुनिता यादवले पार्टी सरकारबाट बाहिरिने बताइन् ।
उनले भनिन्, ‘सरकारको नेतृत्व गरेको दल जसपाले कुनै पनि निर्णय गर्दा एकलौटी गरिरहेको छ, गठबन्धन दलसँग कुनै पनि सल्लाह हुँदैन । जे मन लाग्यो त्यही गर्ने प्रवृत्तिका कारण त्यहाँ बस्नुको औचित्य रहँदैन ।’
यसबारेमा गठबन्धनमा रहेका अन्य दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायतका दलहरूसँग माओवादी केन्द्रले छलफल गरिरहेको छ । मुख्यमन्त्री सरोज यादवले मन्त्रिपरिषद् विस्तार गर्दा गठबन्धन दलसँग कुनै पनि छलफल नगरेको र एकलौटी रूपमा मन्त्रालय बाँडफाँट गरेको आरोप लागेको छ । जनमतका मन्त्रीले त सम्हाल्दै आएको मन्त्रालयनै खोसिएको छ । यस्तै लोसपाले पनि भागबण्डामा चित्त बुझाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना