गोकुल बास्कोटाको टिप्पणी : नीति तथा कार्यक्रम सुन्दा कर्णप्रिय, परिणाम सुन्ना

काठमाडौँ । नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम परिणाम नदिने खालको रहेको टिप्पणी गरेका छन् । मङ्गलवार प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै बास्कोटाले सुन्दा लोकप्रिय भए पनि परिणाम नआउने बताए ।
उनले भने–‘सरकारको नीति तथा कार्यक्रम कांग्रेसको आर्थिक नीति र माओवादीको कथित जनयुद्धको फ्युजनले कन्फ्युजनमा परेको खास प्रकारको, फरक क्षमता भएको व्यक्तिले हात्तीको काम छामेको जस्तो, मनचिन्ते झोलीजस्तो, जे खोज्यो त्यही पाउने खासमा केही पनि नभेटिने, न मूर्त, अमूर्त नै अमूर्त भएको दस्ताबेज ल्याउनुभएको छ । अनि उल्टै अरूमाथि धारे हात लगाउनुपर्छ । नेतृत्वको जिम्मेवारी कसको ? सम्हालेर लैजाने जिम्मेवारी कसको ? अर्थतन्त्रमा देखिएका समस्याहरू, ब्याजदरमा देखिएका समस्याहरू, कृषिको उत्पादकत्व वृद्धिमा देखिएका समस्याहरू वितरण र व्यवस्थापनका क्षेत्रमा देखिएका समस्याहरू, शीत भण्डारमा देखिएका कुराहरूलाई संवोधन गर्न यहाँ कुनै कुरा छ र ?’
सांसद बास्कोटाले उनले आफूले समातेको ताला चाबीको टुङ्गो नभएको तर अर्कोले के सल्लाह र सुझाव दियो भनेर झम्टिने काम भएको बताए । उनले बाबुराम भट्टराईदेखि प्रचण्डसम्म माओवादीको ४ पटक प्रधानमन्त्री बनेको भन्दै शान्तिप्रक्रिया टुङ्गोमा पुर्याउन कसले रोक्यो भन्दै प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ज्ञानेन्द्रले सच्याए प्रजातन्त्र दिवसको अभिव्यक्ति [भिडियो]
-
शिक्षकहरूको पार्टी सदस्यता जलाउने कार्यक्रम गरिदै
-
सरकारले जफत गर्यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)
-
विशेषले सफाइ दिएको नापी र राष्ट्रिय निकुञ्जको दुई मुद्दामा सर्वोच्च पुग्यो अख्तियार
-
म्यानमारमा भूकम्पका घाइतेकाे उपचार गरी फर्किएको टोलीलाई जंगी अड्डामा सम्मान
-
मोटर चलाउँदा र मोबाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु