बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

स्ववियु कोषको पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पसविरुद्ध अख्तियारमा उजुरी

मङ्गलबार, ०९ जेठ २०८०, ११ : ५९
मङ्गलबार, ०९ जेठ २०८०

काठमाडौँ । स्ववियु कोषको पैसा हिनामिना गरेको भन्दै महाराजगन्ज नर्सिङ क्याम्पस विरुद्ध अख्तियारमा उजुरी परेको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक कुमार बडालले क्याम्पस प्रमुख प्रा. मुना रानाले २०७५ सालदेखि कोषमा रहेको ११ लाख ७४ हजार रुपैयाँ हिनामिना गरेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन्।

अख्तियारमा दर्ता गरिएको उजुरीमा स्ववियु कोषको पैसा र पाठ्यक्रम विकास कोषको पैसा हिनामिना गरेको भन्दै उनीमाथि छानबिन गर्न माग गरिएको छ। 

यस विषयमा चिकित्सा शास्त्र अध्ययन संस्थानले समेत छानबिन गरेको थियो। छानबिनको क्रममा उक्त पैसा दराजको घर्रामा राखेको र उक्त पैसा कोषको खातामा जम्मा गरिसकिएको प्रतिवेदन पेस गरेको थियो। अनेरास्ववियुले डीनको कार्यालयले समेत उनीमाथि कारबाही गर्नुको साटो प्रशय दिने गरी प्रतिवेदन पेस गरेको आरोप लगाएको छ।

343618024_1805296519866601_8800257756229056507_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप