चलचित्र 'हल्कारा'को चिठ्ठी लेखन प्रतियोगिताको विजेता घोषणा

काठमाडौँ। वैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र 'हल्कारा'ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन विजेता घोषणा भएका छन् ।
प्रतियोगितामा भाग लिएकामध्ये मापदण्डमा परेका मध्येबाट तीन जना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका-०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।
चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ । यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफूले अत्यन्तै चाहेका, आफूले चाहेर पनि नपाएका अथवा आफूले सधैँ सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताइएको थियो । सोही अनुरुप नेपालभरबाट पत्रहरू प्राप्त भएका थिए ।
यो प्रतियोगिताका विजेता वैशाख २७ गते घोषणा हुने भनिएता पनि केहि प्राविधिक जटिलताका कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण प्रवेशमार्ग छुट मुआब्जा वितरण पुनः सुरु
-
वडाअध्यक्षको भत्ताको रकमबाट विद्यार्थीलाई पोसाक
-
एसइईका लागि बैतडीमा २७ परीक्षा केन्द्र तोकिए
-
पूर्वराजाको स्वागत कार्यक्रम सफल भएको राप्रपाको ठहर
-
ओली सरकारका कारण अराजकतालाई मलजल पुग्यो : इन्चार्ज गौतम
-
१० बजे १० समाचार : पूर्वराजाको सक्रियताबाट राजनीतिमा तरङ्ग, राप्रपाले तिर्यो जरिबाना