ह्वाट्सएपले म्यासेज सम्पादन गर्ने सुविधा ल्याउँदै, यसरी प्रयोग गर्न सकिने
व्हाट्सएपले अब प्रयोगकर्तालाई मेसेज सम्पादन गर्न अनुमति दिनेछ । ह्वाट्सएपले प्रतिद्वन्द्वी सोसल मिडिया प्लेटफर्म टेलिग्राम र सिग्नलसँग प्रतिस्पर्धा गर्न नयाँ फिचर ल्याउने निर्णय गरेको हो ।
ह्वाट्सएपले सन्देश पठाएको १५ मिनेटभित्र सम्पादन गर्न सकिने जनाएको छ । अबको केही हप्तामा यो सुविधा प्रयोगकर्तालाई उपलब्ध गराउने सम्भावना गरिएको छ ।
सोमबार ह्वाट्सएपले एक ब्लगमा लेखेको छ, ‘हिज्जे सच्याउनदेखि सन्देशमा केही थप्नसम्म, अब तपाईंको सन्देशहरूमा थप नियन्त्रण हुनेछ । हामी यो सुविधाका लागि उत्साहित छौँ ।’
ब्लगमा थप भनिएको छ, ‘सन्देश सम्पादन गर्न, तपाईंले पठाएको सन्देशमा लामो प्रेस बटन थिच्नु पर्छ र त्यसपछि सम्पादन छनौट गर्नुपर्ने हुन्छ । सन्देशहरू १५ मिनेट भित्र सम्पादन गर्न सकिन्छ । सम्पादन गरिएको सन्देशमा ‘सम्पादन गरिएको’ ट्याग संलग्न हुनेछ ।’
यसले सन्देश पाउनेलाई यो सम्पादन गरिएको हो भनेर थाहा हुनेछ । यद्यपि, सन्देश कसरी सम्पादन भएको छ भनेर थाहा पाउने छैनन् । टेलिग्राम र सिग्नलले सम्पादन सुविधा उपलब्ध गराएपछि व्हाट्सएपले यो सेवा घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूम १८१ एएनसी इयरबड्स नेपाली बजारमा
-
गरिमा समृद्धि योजना आजदेखि बिक्री खुला
-
के चीनसँग मात्रै ऋण लिन डराउनुपर्ने हो ?
-
राजनीतिक दलका नेताहरूको अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने दफा सरकारले फिर्ता लियो
-
सडक सुरक्षा तथा यातायात व्यवस्थापनमा उच्चस्तरीय प्रविधिको उपयोग गर्न विज्ञहरुको सुझाव
-
अल्बानियामा पनि टिकटकमाथि प्रतिबन्ध