उच्च पदस्थहरूले राजनीतिक दबाबमा उन्मुक्ति पाए कानुनी राज्यको उपहास हुन्छ : बृहत् नागरिक आन्दोलन
_cVa9qcHtS3.jpg)
काठमाडौँ । बृहत् नागरिक आन्दोलनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान र अभियोजन सम्पन्न गरेर न्यायको प्रत्याभूति दिलाउन माग गरेको छ । अनुसन्धान र अभियोजन कमजोर पार्न भइरहेको राजनीतिक हस्तक्षेपप्रति आन्दोलनले गम्भीर आपत्ति जनाएको हो ।
शरणार्थी प्रकरणमा भएको भ्रष्टाचार मुलुकी फौजदारी संहिताअनुसार राज्यविरुद्धको कसुर भएको बताउँदै सत्तारूढ दल र प्रतिपक्षले अनुसन्धान प्रक्रिया र मुद्दा दर्तामा पार्न खोजिरहेको राजनीतिक प्रभावले कानुनी शासन र लोकतान्त्रिक व्यवस्थालाई नै कमजोर बनाउने आन्दोलनको ठहर छ ।
‘मुलुक र जनताप्रति पूर्ण रूपले विश्वासघात गरिएको जघन्य अपराधमा कसैले उन्मुक्ति नपाउने अवस्था सुनिश्चित गर्न नागरिक तहबाट थप चनाखो हुनुपर्ने क्षण आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान अपराधले नेपालको राष्ट्रियतालाई कमजोर पारेको छ भने नेपालको स्वाभिमान र अन्तर्राष्ट्रिय छविमा पनि आँच पुर्याएको छ । यस अपराधमा संलग्न उच्च पदस्थहरू प्रत्यक्ष वा परोक्ष राजनीतिक दबाब र शक्तिको प्रभावमा उन्मुक्ति पाएमा कानुनी राज्यको उपहास हुन्छ । यसले लोकतान्त्रिक व्यवस्थालाई समेत धरापमा पार्छ ।’
कानुनी प्रक्रियालाई अनुचित प्रभाव पार्ने कार्य जुनसुकै तहबाट हुनु आफैमा कसुर भएको आन्दोलनको भनाई छ । त्यस्तो कार्यको समेत छानबिन गरी जिम्मेवार पक्षलाई जवाफदेह बनाउनसमेत नागरिक आन्दोलनले माग गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन